Thursday, March 20, 2025
शिक्षाएसईईकाे परीक्षा तालिका सार्वजनिक

एसईईकाे परीक्षा तालिका सार्वजनिक

काठमाडाैं, २७ माघ | आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घाेषणा गरेकाे राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए ।

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

SEE.jpg

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img