Saturday, October 5, 2024
शिक्षाधरानमा एकदिनका लागि १६ वर्षीया किशोरी प्रधानाध्यापक

धरानमा एकदिनका लागि १६ वर्षीया किशोरी प्रधानाध्यापक

सुनसरी / धरान उपमहानगरपालिका-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् ।

किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय हुनुपर्ने बताइन् । विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर सामान्य कार्यक्रमको आयोजना गरी
स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको प्रधानाध्यापक हुन पाएकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको र विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् ।

आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img