Wednesday, January 15, 2025
शिक्षाएक्सपर्ट एजुकेशन इटहरीको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

एक्सपर्ट एजुकेशन इटहरीको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

मंगलबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी इटहरीले सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।

पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।

जोखिममा परेका कसैको ज्यान बचाउनु नै मानवीय धर्म हो भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पेशा, व्यवसाय हामी सबैको फरकफरक भए पनि समाजमा बसेपछि मानवताको नाताले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्नु हाम्रो दायित्व हो । एउटाको सहयोगले मृत्यु शैय्यामा पुगेका कसैको ज्यान बच्छ भने त्यहि नै धर्म हो भन्ने भावनाले
२० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको इटहरी शाखाका सञ्चालक कमल तिम्सिनाले वताए ।

आफ्नो शिक्षण पेशा र व्यवसायलाई मात्र अघि बढाएको छैन मानवीय धर्म नै पहिलो समाजमा बस्नुको आधार हो भन्ने स्थापित गरिरहेको छ । ‘पहिले असल समाज हो र त्यो स्थापित गर्ने असल शिक्षा हो,’ सञ्चालक तिम्सिनाले भन्छन् ।

इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न पेशा, व्यवसायका व्यक्तिहरु र स्थानीय पनि सहभागी भएका थिए ।

कन्सल्टेन्सीले अष्ट्रेलिया , क्यानडा , युके , युएसए लगाएत देश जाने विद्यार्थीहरूलाई भाषा पढाउदै आएको छ ।IMG 20230808 WA0004

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img