Wednesday, February 12, 2025
देशकोशी प्रदेशइटहरीमा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते, १३ जना सामान्य घाइते

इटहरीमा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते, १३ जना सामान्य घाइते

सुनसरी / धरानबाट काकडभिट्टा जाँदै गरेको बस इटहरी २० स्थित होम्समा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् भने १३ जना सामान्य घाइते भएका छन् ।

काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो । बसको अगाडि पट्टिको भाग पुर्ण रूपमा क्षेती भएको छ ।

ट्राफिक प्रहरी पोस्ट तरहराका अनुसार घाइतेहरूलाई उपचारकालागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यद्यपि, घटनाबारे थप अनुसन्धान र फरार चालक तथा सहचालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस