Sunday, February 16, 2025
समाजसुतिरहेका ७ जना घरसहित बागमती नदीमा

सुतिरहेका ७ जना घरसहित बागमती नदीमा

मकवानपुर: लगातार आएको बर्षा संगै गएको पहिरोले राति घरमा सुतिरहेका ७ जना घरसहित बागमती नदी मिसिएको दुखत घटना सार्बजनिक भएको छ । मकावनपुरको बागमती गाउँपािलका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता हुनेहरू ६ जना रहेको खुलेको छ।

प्रहरीका अनुसार पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षाीया छोरी शिला स्याङ्तान, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना आएकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका हुन्।

अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तमाया ब्लोनलाई भने अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए। तर उपचारका लागि भोर्लनीमा रहेको स्वास्थ्यचौकी लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेपत्ताहरूको खोजी भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय जानसागर ब्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमती नदीमा बगेका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img