Friday, January 17, 2025
देशमधेस प्रदेशगणित विषयको प्रश्नपत्रको उत्तर फोटोकपी गरिरहेको अवस्थामा एक जना पक्राउ

गणित विषयको प्रश्नपत्रको उत्तर फोटोकपी गरिरहेको अवस्थामा एक जना पक्राउ

जनकपुरधाम । सिरहामा एसईई अन्तर्गत गणित विषयको प्रश्नपत्रको उत्तरको फोटोकपी गराई रहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, आइतबार सुखिपुर नगरपालिका ७ स्थित श्री रजै मा.वि. बलही परीक्षा केन्द्रमा अनिवार्य गणित विषयको परीक्षा भइरहँदा सिंहले परीक्षा केन्द्रबाहिर कविता फोटो स्टुडियोमा गई प्रश्नपत्रको उत्तर लेखी ३० प्रति फोटोकपी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट १३१ थान मोबाइल र १८ थान स्मार्ट वाच बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले बताए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img