इटहरी | विदेशमा उच्च शिक्षा अध्ययन गर्ने लक्ष्य राख्ने विद्यार्थीहरूका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, इटहरीले एक दिने विशेष परामर्श कार्यक्रम सम्पन्न गरेको छ। विगत २१ वर्षदेखि विदेश अध्ययनमा इच्छुक विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको यस संस्थाले अष्ट्रेलिया र युकेमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक जानकारी र परामर्श प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका २०० भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता थियो। सहभागीहरूले अष्ट्रेलिया र युकेका विश्वविद्यालय तथा कलेजहरूको नियम, भर्ना प्रक्रिया, अध्ययनका अवसर, छात्रवृत्तिको सम्भावना, र अध्ययनपछि करियर निर्माणका सम्भावनाबारे विस्तृत जानकारी प्राप्त गरे।
कार्यक्रममा युकेका कलेज र विश्वविद्यालयका प्रतिनिधि प्रकाश सुवेदी र अष्ट्रेलियाका प्रतिनिधि श्वेता श्रेष्ठले प्रत्यक्ष सहजिकरण गरेका थिए। उनीहरूले विश्वविद्यालय र कलेज छनोट गर्दा ध्यान दिनुपर्ने पक्षहरू, अष्ट्रेलिया र युकेका शैक्षिक प्रणाली, भिसा प्रक्रियाका मापदण्ड, र अध्ययनपछि रोजगारका सम्भावनाबारे जानकारी प्रदान गरे।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक कमल तिम्सिनाले यो कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययन गन्तव्यको छनोट र भविष्य निर्माणमा सही निर्णय गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे। तिम्सिनाले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै परामर्श सेवाको दायरा विस्तार गरेको जानकारी दिए। उनका अनुसार इटहरीको सफलतापछि धरान र विराटनगरमा पनि सेवा विस्तार गरिएको छ।
विद्यार्थीहरूले अष्ट्रेलिया र युकेका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरेका छन्। सहभागीहरूले अध्ययनको योजना बनाउँदा ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरूबारे विस्तृत जानकारी प्राप्त गरेको बताए। कार्यक्रमले विद्यार्थीहरूको विदेश अध्ययनको तयारीलाई व्यवस्थित बनाउने र उनीहरूलाई आत्मविश्वासी बनाउने काम गरेको छ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्ने लक्ष्य राख्ने विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको यो प्रयास महत्त्वपूर्ण भएको सहभागीहरूको धारणा छ। संस्थाले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ।