Friday, February 7, 2025
निर्वाचनबागलुङमा मतपत्र च्यातियो, मतदान स्थगित

बागलुङमा मतपत्र च्यातियो, मतदान स्थगित

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मा.वि. मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

बिहानबाट मतदान भइरहेको भएपनि दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।

हस्ताक्षर विनाकै मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको थियो । अहिले मतदान स्थगित भएको र मतदानस्थल प्रहरीको नियन्त्रणमा रहेको मतदान अधिकृत ढकालले बताए । कति मतपत्र च्यातिएको छ भन्ने पनि यकिन भइसकेको छैन ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस