Wednesday, February 12, 2025
निर्वाचनसुनसरी क्षेत्र २ को मतपेटिका इनरुवा पुगिसक्यो

सुनसरी क्षेत्र २ को मतपेटिका इनरुवा पुगिसक्यो

सुनसरी / आज भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका इनरुवास्थित शिक्षा तालिम केन्द्रमा पुगेको छ ।

सुनसरीमा जिल्लाभरका करीब ६३.६ प्रतिशत मत खसेको छ । जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् । आज राति या भोलि विहान बाट मतगणना जारी हुने भएको छ ।

प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नम्बर १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको छ ।

सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा हुने र सुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस