Sunday, February 16, 2025
निर्वाचनचितवनमा मतगणना सुरु हुनै बाँकी !

चितवनमा मतगणना सुरु हुनै बाँकी !

चितवन । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।

केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो ।

मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन९१ को खैरहनी, चितवन९२ को भरतपुर र चितवन९३ को रामपुरमा मतगणना हुने छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img