निर्वाचनगणना जारी रहेका ५ मध्ये २ मा स्वतन्त्र पार्टीको अग्रता

गणना जारी रहेका ५ मध्ये २ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं- आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ५ क्षेत्रमध्ये २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, २ मा कांग्रेस र एकमा एमालेले अग्रता लिएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की- २ र चितवन २ मा अग्रता लिएको हो। चितवन- २मा कांग्रेसले र कास्की- २ मा एमाले उम्मेदवारले पछ्याइरहेका छन्।

यसैगरी कांग्रेसले मुस्ताङ र भक्तपुर २ मा अग्रता लिइरहेको छ। दुवै निर्वाचन क्षेत्रमा एमालेले प्रतिष्पर्धा गरिरहेको छ। 

एमालेले ललितपुर- २ मा अग्रता लिइरहेको छ। त्यहाँ लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीले चुनौती दिइरहेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार तेस्रो नम्बरमा छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img