सुनसरी / झापा क्षेत्र नम्बर २ को मतगणना आज बिहानदेखि सुरु भएको छ ।
झापा- २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि ५-६ स्थानबाट गणना सुरु गरिने निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । करिब चार हजार पाँच सय मतगणना गर्न सुरु गरिएको छ ।
क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशतअर्थात् ८७ हजार सात सय २३ मत खसेको छ । जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्लाको कूल मतदाता सङ्ख्या ६ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ।



