सुनसरी / झापाको शिवसताक्षीमा आर्मीको पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ ।
हिजो आइतबार बिहान झापाको शिबसताक्षी नगरपालिका ११ सताक्षीपुलस्थित राजमार्ग पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १ झ १०११ नम्बरको नयाँ श्रीनाथ गण चारआली आर्मी ब्यारेकको पिकअप गाडी र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको महाभारा- ३ बस्ने २८ वर्षीय होमबहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न नेपाली सेनाको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



