Sunday, February 16, 2025
निर्वाचनललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

काठमाडौं- ललितपुर- ३ मा डा तोसिमा कार्कीलाई पम्फा भुसालले उछिनेकी छिन्। यसअघि डा कार्की दोस्रो स्थानमा थिइन्। भुसालले उछिनेपछि डा कार्की तेस्रो स्थानमा पुगेकी छिन्। 

बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।

पछिल्लो समय प्राप्त सुचना अनुसार एमालेका उम्मेदवार अमृत खड्काले ७ सय ८४, माओवादी केन्द्रकी उम्पमेदवार पम्फा भुसालले ६ सय ९४ र रास्वपा उम्पमेदवार डा तोसिमा कार्कीले ६ सय ७५ मत प्रप्त गरेका छन् ।

ललितपुरका २१ र २२ वडाका गरि अहिलेसम्म २४१६ मत गणना भइसकेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img