काठमाडौं । प्युठानको दुई मतदान केन्द्रका मतपेटिका फुटेको भेटिएको छ ।
जिल्लाको झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्र र गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रका समानुपातिकतर्फको मतपेटिका टुटफुट अवस्थामा भेटिएको हो ।
मतपेटिकाको सिल तोडिएको र फुटेको भेटिएपछि त्यहाँ विवाद सुरु भएको बताइको छ ।