Wednesday, February 12, 2025
निर्वाचनसुनसरीमा ११ बजेपछि मतगणना हुने

सुनसरीमा ११ बजेपछि मतगणना हुने

सुनसरी / सुनसरी जिल्लाभरका मतगणना बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

अहिले चारवटै क्षेत्रमा सर्वदलिय बैठक बसरे सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिए।

सर्वदलिय बैठक सकिने बित्तिकै चार वटै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिने बताइएको छ । सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ मत खसेको छ।

सुनसरी क्षेत्र नं १ काे धरानस्थित सभागृह सुनसरी क्षेत्र नं २ काे इनरुवास्थित शिक्षा तालिम केन्द्र, सुनसरी क्षेत्र नं ३ काे दुहबीस्थित कभर्डहल सुनसरी क्षेत्र नं ४ काे इनरूवास्थित भगबती मावीमा मतगणना हुने छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस