सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नं १ र ४ को मतगणना आज सोमबार १ बजेपछि हुने भएको छ ।
सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत रुद्र अर्यालका अनुसार सर्वदलीय बैठक बसिसकाले एक बजेदेखि मतगणना सुर गर्ने भन्ने छ । मतगणना धरान ८ स्थित सभागृहको हलमा गरिने भएको छ ।
मतगणना सम्पन्न गर्न १० दिन लाग्ने उनलेे बताए । निर्वाचन क्षेत्र नम्बर ४ को इनरूवास्थित भगबती मावीमा मतगणना हुने आयोगले जनाएको छ । सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ मत खसेको छ।
सुनसरी क्षेत्र नं २ काे इनरुवास्थित शिक्षा तालिम केन्द्र, सुनसरी क्षेत्र नं ३ काे दुहबीस्थित कभर्डहलको मावीमा मतगणना हुने छ ।