चितवन — चितवन-२ काे १ हजार १ सय २६ मत गणना सकिँदा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले पहिलाे पटक औपचारिक विवरण सार्वजनिक गरेकाे छ ।
जसममा नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पाेखरेलले ५५४ मत ल्याएर अग्रता कायम गरेका छन् ।
याे मत इच्छाकामना गाउँपालिकाकाे वडा नम्बर १ काे हाे । चितवन-२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेकाे ८७ मत ल्याएका छन् । उनी तेस्राे स्थानमा छन् ।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठकाे ३९७ मत आएकाे छ । इच्छाकामना गाउँपालिका एमालेकाे प्रभाव क्षेत्र हाे । चितवन-२ मा इच्छाकमना गाउँपालिकासिहत कालिका नगरपालिका र भरतपुर महानगरपनलिकाका २९ मध्ये १० वटा वडाहरू रहेका छन् ।
चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकाेमा आइतबार भएकाे मतदानमा ८४ हजार ३१५ मत खसेकाे छ सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।