भरतपुर | चितवन क्षेत्र नम्बर २ मा २ हजार २ सय ८५ मत गणना भएको छ ।
नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । उनले १ हजार १ सय ४४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ सय ४ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ सय मतसहित तेस्रो स्थानमा छन्।
यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।