Saturday, February 15, 2025
निर्वाचनअर्को ‘सरप्राइज’ दिँदै काठमाडौं-२ : यस्तो छ पछिल्लो मतपरिणाम

अर्को ‘सरप्राइज’ दिँदै काठमाडौं-२ : यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । सोमबार दिउँसोको सुरुवाती गणनादेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निरन्तर अगाडि छन् । एक पटक पनि कसैले उनलाई उछिन्न सकेको छैन । बरु सोविता विस्तारै मतान्तर फराकिलो बनाउँदै अगाडि बढेकी छन् ।

सोवितालाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती र राप्रपाकी कुन्तीदेवी पोखरेलबीचको तेस्रो हुने भन्ने प्रतिष्पर्धा छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रको ६५ प्रतिशत मत गनिसकिएको छ । कुल मतदाता ८१ हजार ९७० रहेकोमा ६४ प्रतिशत अर्थात, ५२ हजार ९२० मत खसेको थियो । करिब ३५ हजार मत गन्दा सोविता प्रष्ट रुपमा अगाडि छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बेलुकी ८ बजे दिएको मत परिणाम अनुसार सोविता गौतमले १० हजार ८६१ मत पाउँदा उनलाइ पच्छ्याइरहेका एमालेका उम्मेदवार मणिराम फुयालले ८ हजार ४०३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले ६ हजार ७६९ पाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार ओनसरी घर्तीको ६ हजार १६४ मत छ ।

अर्थात, काठमाडौं २ मा राजनीतिक दलप्रतिको आस्थाका आधारमा मत खसेको देखिन्न । गत स्थानीय तहमा दलहरुले वडा तहमा पाएको मतका आधारमा पनि मत खसेको छैन । यदि यस्तो हुन्थ्यो भने सोविता र कुन्तिले पाउने मत स्थापित दलहरुको भन्दा कम हुने थियो । दलीय अनुमानलाई माथ खुवाउँदै सोबिता निरन्तर अगाडि छन् । उसो त, काठमाडौं–२ मा दलहरूका तर्फबाट १९ र १० स्वतन्त्र गरेर २९ जना उम्मेदवार छन् ।

सोविता एक्लै करिब तीन हजार मतान्तरले अग्रता लिइरहेकी छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img