सुनसरी / सुनसरी निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यमा पछिल्लो मतगणना अनुसार नेकपा एमालेका प्रदेश सदस्यका उम्मेदवार रेवती रमण भण्डारीले १८०४ मत प्राप्त गरि अगाडि छन् ।
चुनाव चिन्ह रिक्साका स्वतन्त्र उम्मेदवार दिपेन्द्र घिमिरेले १६३१ मतले भण्डारीलाई पछ्याइरहेका छन् ।
त्यस्तै, गठबन्धनका संयुक्त उम्मेदवार द्धारिकलाल चौधरीले १२७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेद्धार मोहनबहादुर खत्रीको मत प्राप्त हुन् बाकि उनले मत करिब ११०० रहेको छ । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।