सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लाल बिक्रम थापाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार थापाले अहिलेको अपडेटमा ४ हजार ५९ मत प्राप्त गरेर सुरूवाती अग्रता कायम राखेका छन् । यता, नेकपा एमालेका उम्मेदवार भिम आचार्यले ३ हजार १४७ मत पाइरहदा उनका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार नेपाली कांग्रेसका सिताराम मेहताले २ हजार १२२ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकोका उम्मेदवार दिनेशकुमार बस्नेतले ७ सय ७५ मत प्राप्त गरेका छन् ।
सुनसरी क्षेत्र नं २ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेका खेलाडी मानिन्छन । एमालेको लाल किल्ला मानिएको सुनसरी २ मा पछिल्लो समय स्वतन्त्र हाबि बनेको देखिएको छ । सुनसरी २ को मतगणना इनरुवास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको छ ।



