देशकोशी प्रदेशमोरङ क्षेत्र ३ : एमालेका भानुभक्त र रेखा थापालाई पराजित गर्दै सुनिल...

मोरङ क्षेत्र ३ : एमालेका भानुभक्त र रेखा थापालाई पराजित गर्दै सुनिल शर्मा विजयी

सुनसरी / मोरङ निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार डा.सुनिल शर्मा विजयी भएका छन् ।

शर्माले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतको अन्तरले पराजित गरेका हुन । शर्मालाई ४८ हजार ६ सय ३१ मत खसेको हो । ढकालले २५ हजार ८ सय ९५ मत प्राप्त गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ( नायिका) रेखा थापाले १० हजार ९ सय ९८ मत प्राप्त गरेकी हुन् । रेखा शर्मा भन्दा ३४ हजार ६ सय ३३ मतान्तरले पछि भइन । १ लाख ४९ हजार ८३३ मतदाता संख्यामा प्रतिनिधिसभा सदस्यको लागि ९८ हजार १२६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img