देशकोशी प्रदेशइटहरी २० तरहरामा कार र मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

इटहरी २० तरहरामा कार र मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

सुनसरी / इटहरी २० तरहरामा शनिबार बिहान कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी तरहराका अनुसार को ३६ प ९३९१ नम्बरको मोटरसाइकल र नाप्र१२६ च २१३७ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुवै सवारीसाधन एकै दिशाबाट आएको हुँदा इटहरीका हेम कार्की गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि अस्पताल पठाइएको छ ।

दुवै सवारी साधन ठोक्किएर दुर्घटना भएपछि ६ लेन सडकमा पर्ने डिभाइडरमा कार ठोक्किएको थियो । कारमा सवार मानिसहरूभने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img