Friday, April 19, 2024
देशकोशी प्रदेशइलाम क्षेत्र १ प्रतिनिधि सभामा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

इलाम क्षेत्र १ प्रतिनिधि सभामा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

सुनसरी / नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा पूनः मतदानको माग गरेका छन् ।

मतमा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । उनले मतगणनामा सुरुवातदेखि नै त्रुटि देखिएको टिप्पणी गरे । खसेको मतभन्दा धेरै गणना हुनु नै धाँधलीको प्रमाण भएको उनको दाबी छ ।

सो क्षेत्रमा एमालेका महेश बस्नेतले सुरुवातदेखि नै अग्रता लिएका छन् । खनालले भने अब पूनः मतदानको माग गर्दै मतगणनामा भाग नलिने स्पष्ट पारेका छन् ।

नेपाल एमालेका उम्मेदवार महेश बस्नेत १८५४२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल एकिकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल १६०८७ मतका साथ दोस्रो स्थानमा छन् । यस जिल्लामा २ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र ४ रहेका छन्

प्रकाशित मिति :

सन्जिप तिम्सिना
सन्जिप तिम्सिना
सुनसरीका इन्फो नेपाल सहकर्मी सन्जिप तिम्सिना बिगत दुई बर्ष देखी इन्फो नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो की ?


 

सिफारिस

जनहितमा जारी




यो साता चर्चामा

यो पनि पढौँ

झापा | गत मंगलबार झापाको चारकोसे क्षेत्रमा मृत भेटिएको हात्तीलाई तीन राउण्ड गोली हानेर मारिएको पुष्टि भएको छ।डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज...