सुनसरी / इलाम निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुबासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरेर नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरे हुन् ।
यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका नेता मनिबहादुर लिम्बू (पापो ) ले १ हजार ३८० मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३६३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।