Thursday, May 15, 2025
निर्वाचनसुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले मत धाँधली भयो भनेपछि मतगणना स्थगित
spot_img

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले मत धाँधली भयो भनेपछि मतगणना स्थगित

spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएकाले सर्वदलीय बैंकक बसेको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसकेपछि अहिलेसम्म पनि मतगणा हुन सकेको छैन ।

नेपाली काङ्ग्रेसका उम्मेदवार उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छ भने नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत प्राप्त गरेका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा ६ सय ६ मत एमाले उम्मेदवारलाई जोडेको बताए ।

यता, हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएपछि अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img