Saturday, May 24, 2025
निर्वाचन६ स्थानकाे नतिजा आउँन बाँकी, कहाँ कुन पार्टी अगाडी ?
spot_img

६ स्थानकाे नतिजा आउँन बाँकी, कहाँ कुन पार्टी अगाडी ?

spot_img

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ ठाउँको नतिजा आउँन बाँकी छ । ६ स्थानमध्य ३ स्थानमा भने मत गणना सुरू नै भएकाे छैन् । दोलखा, स्याङ्जा, बाजुरामा मतगणना सुरू भएकाे छैन्।

इलाम १ मा अझै १२११९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएकाे छ । यहाँ एमालेका महेश बस्नेतले नेकपा एसका सम्मानित नेतालाई निरन्तर पछाडि पारेका छन् ।

यसैरी, उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले लिड गर्दै अग्रता कायम राखेका छन् । खड्काको २१८३३ मत छ । एमालेकी मञ्जुकुमारी चौधरी २०१२० मत ल्याएर पछ्याइरहेकी छन् ।

सुनसरीका ४ वटा क्षेत्रमध्ये २ को नतिजा आइसकेको छ । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३,११७ मत ल्याएर अग्रस्थानमा छिन् । एमाले-जसपा गठबन्धनका अशोककुमार राईले १२७०७ र माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बाको १०११६ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् । चौधरीको २२८४२ छ भने कांग्रेसका विजयकुमार गच्छदार ४५७५ मतले पछि पर्दै १८२६७ मतका साथ लम्किरहेका छन् ।

सुनसरी ४ मा भने विवादपछि रोकिएको गणना १७ घण्टा बित्दासम्म सुरू भएको छैन । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।

धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले पुनस् मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् ।

यता मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच उछिनपाछिन चलिरहेको छ । अहिले यादव १०२१ मतले अगाडि छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img