अभिनेत्री तथा मोडल एलिजा गौतमलाई भाइरल हुनबाट कसैले रोक्न सक्दैन । उनी कहिले आफ्नो बोलीका कारण भाइरल हुन्छिन् त कहिले आफ्नो डान्स स्टाइलका कारण ।
क्यानडामा तीज पर्वको रमाइलो गर्ने क्रममा एलिजाले गरेको एउटा डान्स स्टेप भाइरल भएको छ । ‘डगी स्टाइल’मा उनको डान्स सामाजिक सञ्जालमा भाइरल मात्रै भएन, अधिकांश प्रयोगकर्ताले यो कस्तो डान्स हो भनेर प्रश्न पनि गरेका छन् ।
कतिपयले एलिजाका श्रीमान् ऋषि धमलाको नाम पनि लिएर सोधे, ‘धमलाजी, यो कस्तो नाच हो, जनता जान्न चाहन्छन्’ । एलिजाले एक दर्शकको प्रतिक्रियालाई जवाफ दिँदै भनिन् कि पहिले वर्तमान प्रवृत्ति बुझ्नुहोस् र त्यसपछि प्रतिक्रिया दिनुहोस्।
खैर, जे होस् दोश्रो फिल्म ‘घुइँचो’ नबनेपनि एलिजा भने विभिन्न हर्कतले भाइरल भएर चर्चामा छिन् । होलीको समयमा पनि एलिजा र पुष्प खड्काको भिडियो भाइरल भएको थियो । क्यानडामा बसेर नेपालमा भाइरल हुन सक्ने एलिजाको खुबीलाई पनि मान्नैपर्छ ।