मनोरञ्जनचन्द्रागिरी पुगेर दीपाश्री निरौलाले भरिन् सिउदो (भिडियो भाइरल)

चन्द्रागिरी पुगेर दीपाश्री निरौलाले भरिन् सिउदो (भिडियो भाइरल)

काठमाडौं – चन्द्रागिरिस्थित भालेश्वर मन्दिरका प्रधान पुजारी विदुर न्यौपाने सामाजिक सञ्जाल टिकटकमा सक्रिय छन् । टिकटक मार्फत चन्द्रागिरिको मौसम, विशेष र ख्यातिप्राप्त पाहुना आउँदा जानकारी दिने गर्छन्।

जाडो महिना सुरु भएसँगै चन्द्रागिरिमा हिउँ परेको छ कि छैन भन्ने जानकारी पनि दिइरहेका हुन्छन्। यस्तै मंगलबार उनले टिकटकमा कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको भिडियो पोष्ट गरेका छन् ।

दीपक खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र त्यसमाति ज्याकेटमा थिए भने दीपा साडीमा सजिएकी थिइन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’

त्यस्तै भिडियोमा दिपाश्री निरौलाको सिउदो भरीएको देखिन्छ । सोही भिडियोलाई लिएर अहिले सामाजिक संजालमा दीपाश्रीको बिहे भयको हो? भन्ने प्रश्न उठेका छन्  । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img