Wednesday, April 30, 2025
मनोरञ्जनडाँको छोडेर रोएकी फ्यानलाई पुस्कल शर्माले भने– ‘बहिनी रुनु हुन्न है’
spot_img

डाँको छोडेर रोएकी फ्यानलाई पुस्कल शर्माले भने– ‘बहिनी रुनु हुन्न है’

काठमाडौं : गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्।

‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्।

कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्।

उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ। आँचल नाथ नामकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा गायक शर्मालाई धन्यवादसमेत दिएकी छन्।

उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्। भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्।

यस्तै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img