Friday, June 13, 2025
मनोरञ्जनछक्का पञ्जा-३ ले तोड्यो रेकर्ड, बन्यो युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्म

छक्का पञ्जा-३ ले तोड्यो रेकर्ड, बन्यो युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्म

spot_img

काठमाण्डौं । दीपक दीपाको फिल्म ‘छक्का पञ्जा-३’ ले नयाँ रेकर्ड कायम गरेको छ। यो फिल्मले युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्मको रेकर्ड कायम गरेको हो।

आठ वर्षअघि रिलिज भएको फिल्म ‘प्रेम गित’ को रेकर्ड तोडेर ‘छक्का पञ्जा-३’ ले यो उपलब्धि हासिल गरेको छ। ‘प्रेम गित’ ले तीन करोड २३ लाखभन्दा बढी भ्युज पाएको थियो। तर ‘छक्का पञ्जा-३’ ले केवल तीन वर्षमै यो रेकर्ड तोडेको छ।

-Ads-

‘छक्का पञ्जा-३’ युट्युबमा तीन करोड ५१ लाख भन्दा बढी भ्युज पाउने पहिलो नेपाली फिल्म बनेको छ। नेपालको जनसंख्या भन्दा बढी भ्युज पाएको यो फिल्म कम समयमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्म बनेको छ।

यस उपलब्धिपछि फिल्मका कलाकारहरुले सामाजिक सञ्जालमार्फत दर्शकलाई धन्यवाद दिएका छन्। ‘माग्ने बूढा’ केदार घिमिरेले फिल्म हेरेर रेकर्ड बनाउन सहयोग गर्नुहुने दर्शकप्रति आभार व्यक्त गरेका छन्।

त्यस्तै, फिल्मका लेखक दीपक राज गिरीले पनि दर्शकलाई साना खुशीले नै काम गर्न जाँगर लाग्ने भन्दै कृतज्ञता व्यक्त गरेका छन्।

विसं २०७५ असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आएको यो फिल्मले सिभिल मलको ब्यूएफएक्स, बिग मुभिज, एफक्युबलगायतका उपत्यकाका ९ हलमा ५१ दिनसम्म रन गरेको थियो।

दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकसँगै शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी, दीपिका प्रसाईं, नीर शाह, जयनन्द लामा र शिशिर वाग्ले लगायतका कलाकारको अभिनय रहेको छ।

हालसम्म यसकै ‘छक्का पञ्जा’ शृंखलाका सबै फिल्महरु सुपरहिट रहेका छन्। यसै क्रममा ‘छक्का पञ्जा-५’ को छायांकन जारी छ र यो आगामी दशैँको फुलपातीबाट प्रदर्शनमा आउने घोषणा भइसकेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img