Thursday, March 27, 2025
मनोरञ्जनद इन्फेरियर ब्यान्डको 'अझैपनि' सार्वजनिक

द इन्फेरियर ब्यान्डको ‘अझैपनि’ सार्वजनिक

हेटौँडा | नेपाली संगीत प्रेमीहरूका लागि द इन्फेरियर ब्यान्डले आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो ‘अझैपनि’ सार्वजनिक गरेको छ। हेटौँडाको नारायणी सिनेमा हलमा आयोजित समारोहका बीच यो भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा वरिष्ठ संगीतकार एवं गायक लाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै, गायक टुल्कु बहादुर लामा, बाबु क्षेत्री, संगीतकर्मी विजय कार्की, अभिनेता अमिर गौतम लगायत नेपाली सांगीतिक क्षेत्रका प्रतिष्ठित हस्तीहरूले कार्यक्रममा उपस्थिति जनाए।

म्युजिक भिडियोमा सन्ध्या आचार्य र राजन थापा मुख्य मोडलका रूपमा देखिएका छन्, भने बाल कलाकार अमिक्षा घतानीको अभिनयले भिडियोमा विशेष आकर्षण थपेको छ। भिडियोको भाव र प्रस्तुति सशक्त देखिएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा तान्ने क्षमता राख्छ।

गीतको शब्द र संगीत स्वयं इन्फेरियर ब्यान्डले तयार पारेको हो। ब्यान्डका म्यानेजर सञ्जीव सिंह वाइबाका अनुसार, यसअघि ब्यान्डले ९ वटा म्युजिक भिडियो निर्माण गरिसकेको भए पनि ‘अझैपनि’ ब्यान्डको पहिलो आधिकारीक म्युजिक भिडियो हो।

संगीतप्रेमीहरूका लागि भिडियो इन्फेरियर ब्यान्डको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाएको छ । ब्यान्डले भविष्यमा पनि नयाँ र फरक स्वादका गीतहरू दर्शकमाझ ल्याउने बताएको छ।

‘अझैपनि’ प्रेम, विछोड र सम्झनाको भाव बोकेको गीत हो। शब्द, संगीत, अभिनय र छायांकनको उत्कृष्ट संयोजनले यो म्युजिक भिडियो दर्शक र स्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img