मनोरञ्जननायक पल शाहले भने, ‘म अर्काको जुठो खाँदिन ‘

नायक पल शाहले भने, ‘म अर्काको जुठो खाँदिन ‘

काठमाडौ । अभिनेता पल शाह निकै ब्यस्त छन् । फिल्मको काम नभएपनि उनी म्युजिक भिडियोमा भने निकै ब्यस्त देखिन्छन् । कोभिडको समयमा उनले सबैभन्दा धेरै म्युजिक भिडियोमा काम गरे ।

उनी चर्चित एवं लोकप्रिय नायक पल शाहले आफूले अरुको जुठो नखाने बताए । उनले खानाको बारेमा कुरा गर्दै यस्तो बताएका हुन् । घरमा पनि परिवारका सदस्यलाई एक अर्काको जुठो नखान भन्ने गरेको पनि उनले सुनाए ।

राजधानीको एक रेस्टुरेन्टको उद्घाटनमा उनले खाने ब्यवहारका बारेमा कुरा गरेका हुन् । अरुको जुठो खान नहुने र गुलीयो त झन खान नहुने उनको भनाई छ । सञ्चारकर्मीको प्रश्नमा नायक शाहले आफूलाई छायाँकनको क्रममा धेरैपटक भोक लागेर रोएको पनि बताए । लगातार काम हुँदा भोक लागेको बेलामा खान नपाएकाले आँशु आएको अनुभव सुनाए ।

‘कतिपय स्थानमा छायाँकनको क्रममा भोक लागेर आँशुसमेत आएको छ,’ उनले भने, ‘म्युजिक भिडियो वा अन्य केही कामको बेलामा असाध्यै भोक लागेको हुन्छ, त्यस्तो बेलामा एक–दुईपटक रोएको छु ।’

नायक शाहले आफूले कामका बेलामा जस्तो खाना पाइन्छ त्यसैमा चित्त बुझाउने गरेको पनि बताए । आफ्ना लागि छुट्टै खानाको अर्डर नगर्ने उनले सुनाए । कहिले काँही २४ घण्टामा एक पटक पनि खाना खाने गरेको उनको भनाई छ । खानामा गुनासो नगर्ने भएकाले सबैले आफुलाई सन्तोकी भन्ने गरेको पनि बताए

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img