Saturday, December 7, 2024
फिचरपेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

काठमाडौं : कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ।

दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।

चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ। त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेका अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन।

हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्‍याउने भन्ने विषयको निर्क्योल गर्नेछ। नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियो अध्ययनका लागि दुई वटा ड्रिलिङ उपकरण नेपाल ल्याउनुपर्ने अवस्था छ।

उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्‍याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ।

”दैलेखसम्म पुर्‍याउनका लागि बाटो अनि पुलको अवस्था के कस्तो छ भन्ने कुरा उनीहरूले हेर्छन्,” रजौरेले भने।

अधिकारीहरूका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि ‘तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छ’। नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ। ”जहाँ अहिले ज्वाला बलिरहेको छ त्यसको आसपासमा छन् ती तीनै ठाउँहरू,” रजौरेले भनेको बीबीसीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img