देशबागमती प्रदेशमकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस बिहान करिब ७ बजेतिर अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा बसमा सवार २२ जना यात्रु सामान्यदेखि मध्यम घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ। दुर्घटनापछि बस घटनास्थलमै रहेको छ भने राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब एक किलोमिटर पश्चिमतर्फ पर्ने क्षेत्रमा रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img