यो साता समग्रमा सबै राशिका जातकहरूका लागि समय अनुकूल रहने ज्योतिषीय संकेत देखिन्छ। मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन सबैका लागि व्यापार, सेयर बजार र लगानीमा मनग्गे धन आर्जनको उत्तम योग रहेको छ। माया प्रेमको डोरो कसिलो हुने, जीवनसाथीको सहयोगले राम्रा काम सम्पन्न हुने र परिवारसँग मिष्टान्न भोजन तथा मनोरञ्जनको अवसर सबैलाई प्राप्त हुनेछ। पढाइ लेखाइमा प्रगति, न्यायिक निर्णयहरू आफ्नै पक्षमा र प्रतिस्पर्धामा अग्रस्थान पाइने योग छ। धार्मिक यात्रा, मन्दिर दर्शन र आध्यात्मिक कार्यमा रुचि बढ्ने यो साता विशेष फलदायी छ। नोकरीमा बढुवा, नयाँ रोजगारीको अवसर र विदेश यात्राको सम्भावना पनि प्रबल छ। सबै राशिका जातकहरूले आआफ्नो इष्टदेवको ध्यान गरी, सकारात्मक सोचका साथ अघि बढे यो साता जीवनका हरेक क्षेत्रमा सफलता र समृद्धि निश्चित छ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको समय राम्रो रहेकोले व्यापार तथा सेयर बजारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ । परिवारका साथ यात्रा, मनोरञ्जन तथा मिष्टान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ । खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक १ र ३ रहेको छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । श्रमको उचित मूल्यांकन पाइएला सदैव देवीको ध्यान गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र गुलाबी हो भने शुभ अंक ५ र ७ रहेको छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साताको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा थोरै समय खर्चिए पनि नाम कमाउन सकिने छ । तर पनि काम गर्दा ध्यान पुर्र्वक गर्नुहोला काम बिग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ । सदैव भैरको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ५ रहेको छ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय राम्रो रहेकोले सााथीभाई, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागि यात्राको तय गर्न सकिनेछ । विदेशी सामानको व्यापारमा वृद्धि भएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय तथा अध्ययन गर्नेहरूका लागि समयले साथ दिनेछ । तर पनि स्वास्थ्यमा समस्या आई कर्जा बढ्ने योग रहेको छ ।सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय राम्रो रहेकोले तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र ५ रहेको छ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको समय राम्रो रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायि रहनेछ । बितिए क्षेत्र, हार्डवेयर तथा निर्माण सामाग्रीमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ यो साताको शुभ रंग सुन्तला र पहेलो हो भने शुभ अंक ४ र ६ रहेको छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी धर्म कमाउन सकिनेछ । दिन दुखीको सेवामा समय खर्च हुने योग रहेको छ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ । सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक २ र ६ रहेको छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापार तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । साताको अन्ततिर लामो दुरीको धार्मिक यात्राको योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको काम गर्न सकिने हुनाले नाम कमाउन सकिनेछ । सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ६ र ८ रहेको छ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको समय राम्रो रहेकोले शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । सेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । यो साताको शुभ रंग बैजनी र निलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साताको समय राम्रो रहेकोले बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । बितिए क्षेत्र तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ । वैदेशिक रोजगारी वा अध्ययनको लागी यात्राको योग रहेको छ ।cशिवजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र पहेलो हो भने शुभ अंक ७ र ९ रहेको छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । बितिए क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र खैरो हो भने शुभ अंक २ र ७ रहेको छ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र केसरी हो भने शुभ अंक ५ र ८ रहेको छ।



