बागमती प्रदेशमकवानपुरसडक अवरुद्ध भएर मकवानपुरमा रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट

सडक अवरुद्ध भएर मकवानपुरमा रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट

हेटौँडा । अविरल वर्षाका कारण विभिन्न सडकखण्ड अवरुद्ध भई मकवानपुरमा रोकिएका यात्रुलाई जिल्लाका होटल तथा लजले कोठा शुल्कमा २० प्रतिशत छुट दिने भएका छन्।

मकवानपुर होटल एसोसिएसनले बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेर काठमाडौँलगायत विभिन्न स्थानतर्फ जाने सडक अवरुद्ध भएपछि यात्रुलाई मानवीय सहयोगस्वरूप छुट उपलब्ध गराउने निर्णय गरेको हो।

एसोसिएसनका उपाध्यक्ष कल्याण पौडेलले जिल्लाभरका होटल तथा लजमा बास बस्न आउने यात्रुलाई उपलब्ध सुविधाअनुसार निर्धारण गरिएको कोठा शुल्कमा २० प्रतिशत छुट दिई बसोबासको व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए ।

अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी–देउराली हुँदै काठमाडौँ जाने सडकमा विपद्को जोखिम बढेपछि सवारीसाधनलाई हेटौँडाको चौकीटोलमै रोकिएको छ। कान्ति राजमार्गमा पनि सवारी आवागमन रोकिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सोमबार नै सडक बन्द हुँदा हेटौँडामा बास बस्न बाध्य यात्रुलाई सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन होटल व्यवसायीलाई आग्रह गरेका थिए ।

उनले यात्रुप्रति सम्मानजनक र सहयोगी व्यवहार गर्दै हेटौँडाको मान, प्रतिष्ठा र ख्याति बढाउने गरी सेवा दिनसमेत व्यवसायीलाई अनुरोध गरेका छन् ।

एसोसिएसनले विपद्को समयमा यात्रुलाई अनावश्यक आर्थिक भार नपर्ने गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउन जिल्लाका सम्पूर्ण होटल तथा लज सञ्चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img