बागमती प्रदेशमकवानपुरशव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

spot_img

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ।

नगर प्रमुख मीनाकुमारी लामाका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवका उपलब्ध तस्बिर तथा विवरण प्रोजेक्टरमार्फत देखाउने व्यवस्था गरिएको हो ।

बाढीपछि आफन्त सम्पर्कविहीन भएका परिवारले उक्त कक्षमा पुगेर उपलब्ध तस्बिर तथा विवरण हेर्न सक्नेछन्। पहिचान हुन बाँकी शवको सनाखतमा परिवारलाई सहज होस् भन्ने उद्देश्यले आइतबारदेखि कक्ष सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बाढीमा बेपत्ता आफन्तको खोजी गरिरहेका परिवारलाई शव पहिचानका लागि विभिन्न स्थानमा धाउनुपर्ने अवस्था आएपछि उपमहानगरपालिकाले हेटौँडामै यस्तो व्यवस्था गरेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img