अर्थ व्यापारतलब र सेवासुविधाबाट ३२ लाख, विपद् कोषबाट पाँच लाख

तलब र सेवासुविधाबाट ३२ लाख, विपद् कोषबाट पाँच लाख

मकवानपुरगढीको सहयोग आधा संघीय कोष, आधा प्रभावित पालिकामा

spot_img

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कर्मचारी, शिक्षक र जनप्रतिनिधिको योगदानमा गाउँपालिकाको विपद् कोषसमेत थपेर बाढी प्रभावितका लागि ३७ लाख ४३ हजार २७३ रुपैयाँ जुटाउने निर्णय गरेको छ ।

कुल रकमको आधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । बाँकी आधा रकम बाढीपहिरो प्रभावित स्थानीय तहका विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिने उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली)ले बताइन् ।

गाउँपालिकाका कर्मचारीबाट सात लाख ४१ हजार ९५८ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट २२ लाख ५० हजार ३१५ रुपैयाँ सङ्कलन हुनेछ । जनप्रतिनिधिले दुई लाख ५१ हजार रुपैयाँ योगदान गर्नेछन् ।

यसरी तलब र सेवासुविधाबाट ३२ लाख ४३ हजार २७३ रुपैयाँ जुट्नेछ । त्यसमा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ थपेर सहयोगको कुल रकम ३७ लाख ४३ हजार २७३ पुर्‍याइनेछ ।

पाख्रिनका अनुसार उद्धार, राहत र पुनःस्थापनामा स्थानीय तहले तत्काल रकम चलाउन सकून् भन्ने उद्देश्यले सहयोगको आधा हिस्सा प्रभावित पालिकाका कोषमा पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img