अर्थ व्यापारआज कारोबारको अन्तिम दिन सुन र चाँदी दुवैको भाउ घट्यो

आज कारोबारको अन्तिम दिन सुन र चाँदी दुवैको भाउ घट्यो

spot_img

काठमाण्डौँ । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

​अघिल्लो दिन बिहीबार सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको थियो।

​महासंघका अनुसार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घट्दै ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य एकैदिन १६५ रुपैयाँले घटेर तोलाको ४ हजार ८१५ रुपैयाँ पुगेको थियो।

​साताको पहिलो दिन आइतबार २ हजार १०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको सुनको भाउ त्यसपछिका अधिकांश दिनमा ओरालो लागेको हो। सोमबार १ हजार ३०० र मङ्गलबार १ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार १०० रुपैयाँले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img