खेल समाचारएसियाली खेलकुदमा नेपालको विजयी सुरुआत

एसियाली खेलकुदमा नेपालको विजयी सुरुआत

spot_img

काठमाण्डाैँ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ। शुक्रबार भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

​अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा सन्दीप जोराले ३४ रन र रोहितकुमार पौडेलले अविजित ३३ रनको योगदान दिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे।

​अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १-१ विकेट लिए।

​त्यसअघि जापानको कोरोगी एथलेटिक पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेको थियो। अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले समान ३०-३० रन तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए।

​नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने ललितनारायण राजवंशीले ३ विकेट लिए।

​जितसँगै नेपालले समूह ‘ए’ मा २ अङ्क जोडेको छ। दुई खेल खेलेको अफगानिस्तानको पनि २ अङ्क नै छ। पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल शनिबार जापानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img