धर्म/संस्कृतिनवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, घरघरमा फूलपाती भित्र्याइँदै

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, घरघरमा फूलपाती भित्र्याइँदै

मकवानपुर । बडादशैँअन्तर्गत नवरात्रको सातौँ दिन आज घरघरमा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। असोज शुक्ल सप्तमीका दिन आजै दशैँ घर तथा पूजा कोठामा परम्पराअनुसार फूलपातीसमेत भित्र्याइँदैछ।

​वैदिक सनातन परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएको पूजा कोठा वा दशैँ घरमा आज उखु, हलेदो, केरा, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पात र मानवृक्ष गरी नौ प्रकारका पल्लव (फूलपाती) भित्र्याउने चलन छ।

​गत असोज २५ गते आइतबार घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरु भएको यस वर्षको नवरात्रमा नौ दिनसम्म दुर्गा देवीका नौ वटा रूपको विशेष पूजा गरिन्छ। विजयादशमीका दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ, जुन कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ।

​सप्तमीका अवसरमा देशभरका प्रमुख शक्तिपीठ, देवी मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति र पूजाआजा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार