देशमधेस प्रदेशरौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

राैतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

​आज बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। एकै मोटरसाइकलमा तीन जना सवार थिए।

​दुर्घटनामा ७० वर्षीया सोमरिया देवी ठाकुर, उनका छोरा चालक ५३ वर्षीय त्रिविक्रम ठाकुर र बुहारी २८ वर्षीया सीमा कुमारी घाइते भएका थिए। घाइते तीनै जना फतुवा विजयपुर–२, शीतलपुरका हुन्।

​उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएकामध्ये सोमरिया देवीको बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

​घाइते त्रिविक्रम र सीमा कुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार