काठमाडाैँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


