देशबागमती प्रदेशसुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जना बेपत्ता

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जना बेपत्ता

काठमाडाैँ । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ।

​गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप अनियन्त्रित भई सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। ज्यान गुमाउने तीनै जना महिलाको पहिचान अझै खुल्न सकेको छैन।

​दुर्घटनापछि जीपमा सवार अन्य तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ।

​दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा चालक ओखलढुङ्गाका आशिष विष्ट, खोटाङकी सम्झना राई, उनकी छोरी सिवानी राई र १३ वर्षीय अंकित विक रहेका छन्। घाइते सबैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

​घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार