खेल समाचारराष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरद्वारा सन्न्यास घोषणा

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरद्वारा सन्न्यास घोषणा

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले सक्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो लामो फुटबल यात्रा टुङ्ग्याएको जानकारी दिएका हुन्।

​बुटवलबाट फुटबल यात्रा सुरु गरेका विमलले राष्ट्रिय टोलीसम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै देशका लागि सधैँ मनदेखि खेलेको बताएका छन्। खेल जीवनबाट बिदा लिने निर्णय गर्दा भावुक बनेका उनले समर्थक र शुभचिन्तकबाट पाएको माया र साथप्रति आभार व्यक्त गरेका छन्।

​विमलले सन् २०१२ मा बङ्गलादेशविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीका लागि ४४ खेल खेलेका उनले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

​आफ्नो खेल जीवनका क्रममा उनले नेपाललाई सन् २०१५ मा यू-१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए।

​नेदरल्याण्ड्समा युवा फुटबलको अनुभव बटुलिसकेका विमलले घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि समेत जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार