काठमाडाैँ। आज देशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, बिहानपख तराई क्षेत्र, काठमाडौँ उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ।


