चितवनको भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान ९ बजे भरतपुर महानगरपालिका–१६ स्थित फुर्तिचोकमा बा प्र ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएको हो।
कारको ठक्करबाट गम्भीर घाइते भएकी भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवै घाइतेको अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


