धर्म/संस्कृतिछठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैँ । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार देशभर सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।

​यसअघि सरकारले छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार मात्र सार्वजनिक बिदा दिएको थियो। तर, छठ पर्वमा अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्व मनाउन सहज होस् भनेर थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।

​मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार